arrow

गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसारले कर तिर्ने व्यवसायी मारमा, राजश्व चौपट्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
Butwal auto engineering (2).jpeg

बुटवल । नेपाल र छिमेकी मुलुक भारतको खुला सीमानाको फाइदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार तथा कारोबारमा वृद्धि भएको छ । जसका कारण वैधानिक रुपमा कर तिर्ने व्यवसायीहरु मारमा परेका छन् । 

त्यतिमात्र हैन यसले राज्यलाई प्राप्त हुने राजश्वको ठूलो हिस्सा पनि गुमिरहेको छ । विश्वव्यापी महामारी कोभिड १९ का कारणले आक्रान्त भएका व्यवसायीहरु बैंकिङ नीतिमा आएको नीतिगत परिवर्तन तथा चर्को ब्याजले व्यवसाय धान्न मुस्किल भएको अवस्थामा यस किसिमका अवैध कारोबारका कारणले व्यवसायीहरु व्यवसायबाट नै पलायन हुने अवस्थामा पुगेका हुन् । 

यस समस्याका कारण व्यवसायीहरु मात्र मारमा परेको नभई राष्ट्रलाई नै हानि भइरहेको सन्दर्भमा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ र बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् । 

व्यवसायी र राज्य दुवै पक्ष मारमा परेको कारण यसलाई साझा समस्याको रुपमा लिई सरोकारवाला निकाय, संघसंस्था, भन्सार विभाग तथा प्रहरी प्रशासनको संयुक्त पहलमा अवैध कारोबारलाई निरुत्साहित गर्ने र अवैध कारोबारीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने ज्ञापनपत्रमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ