arrow

वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
Pokhara Briddaasram.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला सञ्चालन गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रु चार लाखमा स्थापना गरिएको प्रयोगशालामा विभिन्न सुविधा रहने बताइएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले सो प्रयोगशालाको आज उद्घाटन गर्दै वृद्धाश्रमको विकासमा प्रदेश सरकार जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । 

मन्त्री गुरुङले आश्रमका ज्येष्ठ नागरिक तथा स्थानीय बासिन्दालाई स्वास्थ्य सुविधा पुर्याउने उद्देश्यले स्थापना गरिएको प्रयोगशालालाई सुविधा सम्पन्न बनाउँदै आवश्यक जनशक्ति उपलव्ध गराउने प्रतिवद्धता जनाए ।

वृद्धाश्रममा समाजका गरिब, विपन्न तथा असहाय वर्गका ४८ आमाबुबा तथा आठ सेवकसेवीकासहित ५६ जना आवद्ध रहेको आश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले जानकारी दिए । 

गत आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिकलाई लाग्ने अल्जाईमर रोग ‘स्क्रिनिङ टेष्ट’ कार्यक्रम सञ्चालन गर्न रु सात लाख विनियोजन गरेको उनले जानकारी दिए । 

उनले आश्रम हातामा रहेका ज्येष्ठ नागरिकका अतिरिक्त गण्डकी प्रदेशका अल्जाईमर पीडित ज्येष्ठ नागरिकलाई पोखरा वृद्धाश्रममा ल्याएमा निःशुल्क परीक्षण गरिने तयारी भइरहेको बताए ।

यसैगरी ज्येष्ठ नागरिक तथा गृहिणीलाई लक्षित गरी विभिन्न १५ थरिका अचार तथा मस्यौरा र गुन्द्रुक बनाउने तालिम सञ्चालन सम्पन्न भएको उनले बताए । उनले उत्पादित वस्तु उपयोगका साथै बिक्री वितरण गरी आम्दानीको स्रोतकारुपमा विकास गरिने धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ