arrow

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
petrol.jpeg

काठमाडौं । आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।  नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ ।

वृद्धि गरिएको मूल्य सोमबारै राति १२ बजेदेखि लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।

निगमद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णयअनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल-मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ