arrow

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन– शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
shekhar-koirala1.jpg
तस्बिर – फाइल ।

चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस सरकारमा सहभागी नहुने बताएका छन् । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले भने, “कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।”
 
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।  

फरक प्रसङ्गमा उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताए । लोकतन्त्रबिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए ।

 “आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशीलता चाहिन्छ”, उनले भने, “सञ्चार माध्यमको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।” 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले हिजो बोलेको अभिव्यक्तितर्फ संकेत गर्र्दै कोइरालाले सो धारणा राखेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ