काठमाडौं । टर्किएमा बिहान गएको भूकम्पमा परी सिरियामा मात्रै २३७ जनाको मृत्यु भएको छ । बिहान गएको ७.८ रेक्टर स्केलको भूकम्प तथा त्यसपछि दुई पटक आएका ठूला पराकम्पनमा परी सिरियामा मात्रै २३७ जनाको ज्यान गएको सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै ६ सय भन्दा बढी घाइते भएका छन् । थुप्रै पुरिएको आशंका गरिएको छ ।