arrow

चीनले रुसलाई सैन्य सहयोग दिइरहेको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
china-russia.png

काठमाडौं। युक्रेनमा आक्रमण गरिरहेको रुसलाई चीनले सैन्य सहयोग गरिरहेको खुलेको छ। वाल स्ट्रिट जर्नल(डब्ल्यूएसजे) ले शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा चीनले रुसी सेनालाई युक्रेनमा जारी आफ्नौ विशेष सैन्य अपरेशनका लागि आवश्यक पर्ने प्रविधि प्रदान गरिरहेको खुलासा गरेको हो ।

डब्ल्यूएसजेका अनुसार पश्चिमले प्रतिबन्ध गरेका नेभिगेसन उपकरण, जामिङ टेक्नोलोजी र लडाकु जेट पार्ट्सहरू चिनियाँ राज्य स्वामित्वका रक्षा कम्पनीहरूले रूसी सरकारको स्वामित्वमा रहेका रक्षा कम्पनीहरूलाई पठाउँदै आएका छन् ।

सीफोरएडीएसको गत वर्षको जुलाईको रिपोर्टलाई उद्धृत गर्दै चीनले रूसी सेनालाई व्यावसायिक र सैन्य दोहोरो प्रयोग भएका सामानहरूको दशौं हजार लट ढुवानी पठाएको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ भ्रमणका क्रममा युक्रेनमा युद्ध लड्दा रुसलाई चीनले दिएको समर्थनलाई छलफलको एजेन्डामा राखिएको थियो।

यद्यपि अमेरिकी आकाशमा उडिरहेको संदिग्ध चिनियाँ जासूसी बेलुनलाई आइतबार गोली हानेर खसालिएपछि ब्लिन्केनले आफ्नो यात्रा स्थगित गरेका छन्।

यसैबीच, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, रुससँग आफ्नो सुरक्षा सुनिश्चित गर्न र (युक्रेनमा) आक्रमण गर्न पर्याप्त प्राविधिक क्षमता रहेको र यसमा निरन्तर सुधार भइरहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ