रास्वपालाई गृह मन्त्रालय दिने-नदिने बारेमा माओवादीले निर्णय लिँदै
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
1.2k
Shares
फाइल तस्बिर
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने बारेमा छलफल गर्नसमेत नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिन दिएको अल्टिमेटम सकिनै लाग्दा माओवादीले स्थायी कमिटीमा छलफल गरेर टुङ्गोमा पुर्याउन लागेको हो।
गृह मन्त्रालयको लफडा, राष्ट्रपति निर्वाचनमा साझा उम्मेदवार चयन देखी स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूलाई केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँड गर्नका लागि बोलाइएको माओवादीको स्थायी कमिटी बैठक बारम्बार स्थगित हुँदै पुनः शनिवार जारी राखिएको हो।