arrow

श्रीलङ्काले छोड्यो ५८८ जना बन्दी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
srilanka-blast.jpg

कोलोम्बो ।  श्रीलङ्काले आफ्नो ७५ औं स्वतन्त्रा दिवसको उपलक्ष्यमा ५८८ जना  कैदीबन्दीहरूलाई आममाफी दिने निर्णय गरेको छ । ती कैदी बन्दीहरूमा ५५७ जना लागुऔषध मुद्दामा अदालतले दोषी ठहराएका तर सुधारगृहमा पठाउँदा सुधार हुने विश्वास गरिएका र अन्य ३१ जना कैदीहरू उनीहरूको चालचलन र व्यवहारमा सुधार देखिएकाले छोडिन लागिएको हो । 

श्रीलङ्काकको संविधानको धारा ३४ अनुसार राष्ट्रपतिमा निहित अधिकारको प्रयोग गरी ती कैदिबन्दीलाई रिहा गर्न लागिएको अधिकारीहरूले जनाएका छन् ।   

गत वर्षको स्वतन्त्रता दिवसको उपलक्ष् १९७ जना बन्दीलाई रिहा गरिएको थियो। श्रीलङ्का  सन् १९४८ फेब्रुअरी ४ मा मा ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएको थियो।  

आज  उसले ७५ औं स्वतन्त्रता दिवस मनाउँदैछ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ