arrow

बलात्कार आरोपी सन्दीपको निलम्बन फुकुवामा अदालत कुर्न प्रचण्डलाई विश्वप्रकाशको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
bishwaprakash_sharma.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले बलात्कार आरोपी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । 

उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हालेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपको मुद्दा अदालतमा चलिरहँदा उनको निलम्बन फुकुवा भएर अभ्यासमै गएको सन्दर्भ जोडेर निलम्बन फुकुवा सही भएको भए बधाई दिन र गलत भएको भने यो प्रकरणमा पनि ‘अदालत कुरौँ, हतारको गल्ती सच्याउँ भनेर भन्न ध्यानाकर्षण गराएका हुन् । 

सामाजिक संजाल ट्वीटरमा विश्वप्रकाशले मौनता जिम्मेवार जवाफ नहुनेसमेत उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘

गृहमन्त्रीको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दिने सन्दर्भमा प्रचण्डले नागरिकता मुद्दामा मुछिएका रविको सर्वोच्च अदालतले दिएको पूर्णपाठ कुर्छु भनेकोतर्फ ध्यानाकर्षण गराउँदै खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पनि पालना गर्नुपर्नेतर्फ जोड दिँदै सन्दीपको मुद्धा चलिरहँदा पनि निलम्बन फुकुवा गरी बन्द सत्रमा पठाउन नहुनेतर्फ जोड दिएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ