arrow

तीन दिने भ्रमणमा रहेका मलेसियाका गृहमन्त्रीको आज औपचारिक भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
malaysian-home-minister-smile.jpg

काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता गर्दैछन् । बिहीबार साँझ काठमाडौं उत्रिएका गृहमन्त्री इस्माइलले भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्वाद गर्न सक्नेछन् । 

भ्रमण सम्पन्न गरी उनी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ