arrow

भारतले नेपालको सहयोग घटायो, भुटानलाई २४ अर्ब, नेपाललाई मात्र पाँच अर्ब

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
nepal-india-flag.jpg

काठमाडौं । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३–२४ को नयाँ  बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात आठ अर्ब ८० करोड नेपाली रुपैयाँसहयोग गर्ने घोषणा गरेकी छिन् ।

बुधबार संसद भवनमा बजेट पेश गर्दै वित्त मन्त्री सीतारमणले २ अर्ब भारतीय रुपैयाँ घटाएर पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी हुन् । गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु अर्थात १२ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने बजेटमा समेटिएको थियो ।

वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३र२४ को नयाँ  बजेटमा भुटानलाई २४ अर्ब रुपैयाँ सहयोग गर्ने उल्लेख गरेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ