प्रचण्डलाई आर्थिक संकटबारे ज्ञापन पत्र बुझाउँदै माधव नेपाल
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
695
Shares
तस्बिर – फाइल ।
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।
चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान वृद्दि हुँदा सर्वसाधरणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै नेकपा एसले ज्ञापन पत्र बुझाउन लागेको हो ।