arrow

राहुलले पूरा गरे १४५ दिनको लामो यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
rahul-gandi.jpg

काठमाडौं । भारतीय कंग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले कन्याकुमारीबाट शुरु गरेको 'भारत जोडो यात्रा' पूरा गरेका छन् ।  राहुलले सोमबार श्रीनगरस्थित कांग्रेस कार्यालयमा भारतको झण्डा  फहराएर भारत जोडो यात्राको समापन गरेका हुन् ।

आजभन्दा १४५ दिन अघि सेप्टेम्बर ७ मा राहुलले कन्याकुमारीबाट अभियानको शुरुआत गरेका थिए । भारतीय जनता पार्टी सत्तामा बसेपछि राहुल सडकमा पुगेका थिए । राहुलले सडकबाटै जताको समर्थन लिन यो अभियान शुरु गरेको बताइन्छ ।   

राहुलले आजै श्रीनगरको क्रिकेट स्टेडियममा दिउँसो पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनको साथमा बहिनी प्रियङ्का पनि रहेकी छिन् । 



नयाँ