मात्र ४७ प्रतिशत भए मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
1.8k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ । काउन्सिलमा चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
माघ १२ देखि १५ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४७.११ र डेन्टलतर्फ ४७.६० प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । परीक्षामा दुई हजार ३११ परीक्षार्थी सहभागी थिए ।