arrow

रविले पाए नागरिकता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
ravi-lamichhane-2079-10-15.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले पुनः नेपाली नागरिकता लिएका छन् । उनले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर कानून बमोजिम पुनः नागरिकता लिएका हुन् । 

सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार उनले दिउँसो नागरिकता लिएका हुन् । साढे ११ बजेतिर कार्यालय पुगेका रविले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिएका हुन् । 

उनले २०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका भए पनि अमेरिका गएपछि उतैको नागरिकता लिएर बसेका थिए । पछि अमेरिकाको नागरिकता त्यागेको भए पनि प्रक्रिया पुर्याएर फेरि नेपाली नागरिकता नलिएका कारण गत शुक्रबार सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्री, सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका थिए । 

आज जिल्ला प्रशासनले पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता उनलाई दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ