कास्कीको सुपर मादी हाइड्रोपावरको कार्यालयमा तालाबन्दी, काम ठप्प
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
855
Shares
पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङस्थित निर्माणाधीन सुपर मादी हाइड्रोपावर लिमिटेडको कार्यालयमा बुधबारदेखि तालाबन्दी गरिएको छ ।
विगतमा भएका सम्झौताहरु कार्यान्वयन नभएको भन्दै ताङतिङ युवा क्लव र मादी नदी सरोकार समितिले हाइड्रोपावरको कार्यालयमा तालाबन्दी गरेको हो ।
सम्झौता कार्यान्वयन र स्थानीय पीडितले राखेका मागहरु पूरा नभएसम्म तालाबन्दी कायम रहने मादी नदी सरोकार समिति नामार्जुङले जनाएको छ ।
विगतमा भएका सम्झौताहरु कार्यान्वयन नभएसम्म हाइड्रोपावरको कार्यालय र कामकाज पनि ठप्प बनाइने ताङतिङ परिस्थिति समितिका अध्यक्ष डिलबहादुर गुरुङले जानकारी दिए ।