arrow

सत्ता सहकार्यबारे जसपा र जनमत पार्टीबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
upendra-yadav-ck-raut-jayprakash-thakur.jpg

जनकपुर ।  सत्ता सहकार्यबारे जसपा र जनमत पार्टीबीच आज छलफल भएको छ । मधेस प्रदेशमा सहकार्यलगायतका विषयमा जनमत पार्टीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको हो । 

जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहा र महासचिव चन्दन सिंहलगायतका नेताहरूले बालकमारीस्थिज जसपाको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग छलफल गरेको सो पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए । 

सो भेटमा मधेस सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि गठबन्धन बनाउने विषयमा नेताहरूबीच कुराकानी भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ