arrow

रवि उपप्रधानमन्त्री छोड्न तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
ravi-lamichhane-home-minister-2079-09-11.jpg

काठमाडौं । सत्ता साझेदार दलभित्रै उपप्रधानमन्त्री बन्नेको होड नै चलेको छ । अहिलेसम्म सरकारमा चार उपप्रधानमन्त्री रहेका छन् ।

यसैबीच  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री छोड्न आफू तयार रहेको बताएका छन् । धेरै  उपप्रधानमन्त्री रहेको अवस्थामा  लामिछानेले उपप्रधानमन्त्री  छोड्न आफू तयार रहेको बताएका हुन् ।

उनले गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने भएकाले राखेको भए पनि आफूले भने गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाउन पनि तयार रहेको बताए। उनले उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नैबाट हटाउन सुरु गरे पनि तयार रहेको बताए।

लामिछानेले भने, 'उपप्रधानमन्त्री गठबन्धनबाट गर्ने भनिएको हो। हटाउने भए पनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन। मैले प्रस्ताव राखेको छु, त्यसमा झुन्डिनुपर्छ जस्तो मलाई लाग्दैन।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ