अभिनेता स्यान्ड्स बेपत्ता, हेलिकप्टर र ड्रोनबाट खोजिँदै
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
1.6k
Shares
काठमाडौं । हलिउडका चर्चित अभिनेता जुलियन स्यान्ड्स बेपत्ता भएका छन् ।
‘ए रुम विथ अ भ्यु’ लगायतका ओस्कार अवार्डमा मनोनीत चलचित्रका लागि चर्चित जुलियन स्यान्ड्स दक्षिणी क्यालिफोर्नियाको पहाडमा पाँच दिनदेखि बेपत्ता भएका हुन् ।
जुलियन स्यान्ड्स गत शुक्रवार माउन्ट बाल्डीबाट हराएको बताइएको छ । उनी अमेरिकी हिमाल पर्वतारोहणमा थिए ।
अभिनेताको हेलिकप्टर र ड्रोन प्रयोग गरेर खोज कार्य जारी रहेको छ ।