arrow

मन्त्रिपरिषद्मा यी हुन् रविका सम्भावित सारथि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
ravi-lamichhane-home-minister-2079-09-11.jpg

काठमाडौं । मन्त्रालयको भागबण्डामा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।सत्ता साझेदार दलको बैठकमा उक्त सहमति भएसँगै  पार्टीका सभापति रवि लामिछाने मन्त्रीको टुङ्गो लगाउन लागि परेका छन् । 

रास्वपालाई गृह मन्त्रालय , शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र एक राज्यमन्त्री पनि पाउने भएको छ । सभापति रहेका लामिछाने यसअघि नै उपप्रधानसहित गृहमन्त्री भइसकेका छन्।

रास्वपाले शिशिर खनाललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र डोलप्रसाद अर्याल (डिपी) लाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाउने तयारी गरेको छ । श्रम मन्त्रीमा विराजभक्त श्रेष्ठले पनि दाबी गरेका छन् । 

साथै एक राज्यमन्त्रीको टुङ्गो लागेको छैन । राज्यमन्त्रीमा तोसिमा कार्की र सोविता गौतमको नाम हुन सक्ने बताइएको छ ।रास्वपाले उपसभामुख पनि पाउने भएको छ । नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो १ बजे हुँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ