arrow

विमान दुर्घटना : पोखरामा पहिचान नभएका शव भोलि बिहान काठमाडौं लगिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २ सोमबार
pokhara-yeti-air-crash.jpg

कास्की। पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव भोलि हेलिकप्टरबाट काठमाठौं लगिने भएको छ ।

दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेकामा पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट भोलि बिहान ८ बजे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि लगिने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । उनका अनुसार आफन्तबाट पहिचान भएका शवहरू पोखरामा नै शवपरीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ ।

पहिचान हुन नसकेका शवको हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डिएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गर्न सकिने राय काठमाडौँबाट आएका फरेन्सिक विभागका चिकित्सकहरूले दिएका थिए । शव राजधानी लैजान आज नै सेनाको हेलिकप्टर पोखरा आए पनि प्रक्रिया पूरा नहुँदा रोकिएको थियो ।

दुर्घटनामा परेको विमानको ककपिट  भ्वाइस  रेकर्डर र फ्लाइट डाटा रेकर्डर सुरक्षित रूपमा प्राप्त भएकाले सशस्त्र प्रहरीमार्फत नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ