arrow

विमान दुर्घटना: ६९ जनाको मृत्यु भएको पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
yeti-air-crash-2023-pokhara.jpg

काठमाडौं । आज (आइतबार) बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ६९ जनाको ज्यान गएको यती एयरलाइन्सले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

चालक दलका ४ जनासहित ७२ जना सवार यती एयरलाइन्सको ९एन-एएनसी-एटीआर ७२-५०० विमानमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रुसी, २ जना कोरियाली, एक-एक जना अर्जेन्टाइन, अष्ट्रेलियन, आइरिस र फ्रान्सेली नागरिक सवार थिए ।

विमान बिहान १० बजेर ५० मिनेटमा अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्कमा रहेको थियो ।

यस्ताे छ विज्ञप्ती:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ