‘भारत जोडो यात्रा’ का क्रममा हृदयघातबाट बिते कांग्रेस सांसद
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
997
Shares
काठमाडौं । ‘भारत जोडो यात्रा’ का क्रममा हृदयघातबाट भारतीय कांग्रेस आईका सांसद चौधरी सन्तोख सिंहको निधन भएको छ । राहुल गान्धीले थालेको उक्त यात्राका क्रममा शनिबार पंजाबमा सामेल भएका सिंहको हृदयघातबाट निधन भएको हो ।
पंजाब कांग्रेसका अध्यक्ष अमरिन्दर राजा वन्डिंगले बिहान सिंह पूर्णरुपले ठीक भए पनि पछि हृदयघातले बितेका हुन् । उनले बिहान स्टेजमा नारा लगाएका थिए ।
सांसद सिंहको आज बिहान ११ बजे उनकै पैतृक गाउँ धालीवालमा अन्तिम संस्कार हुनेछ । यो घटनापछि राहुलले भारत जोडो यात्रा आजसम्म रोकेका छन् ।