arrow

सचिवालय सदस्यको जिम्मेवारी पाए घनश्यामले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३० शनिबार
ghanashyam-bhusal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले नेता भुसाललाई सो पदमा मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

सचिवालयको उक्त निर्णयलाई आजै बसेको स्थायी कमिटी बैठकले पनि अनुमोदन गरेको छ । नेता भुसालले यही पुस २९ गते स्वघोषणा गरी उक्त पार्टीमा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको अभियानमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका थिए । 
 
नेकपा एमालेको उपमहासचिवमा निर्वाचित भई पार्टीका विभिन्न तहमा नीति निर्माणमा जिम्मेवारीसमेत निर्वाह गरेका नेता भुसाल पूँजीवाद र समाजवादको विश्लेषक तथा कम्युनिष्ट पार्टीमा बौद्धिक छवि बनाएका विचारकका रुपमा स्थापित छन् । गत मंसिर ४ मा भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, वाम एकताका क्रममा अहिलेसम्म भएका प्रगतिको समीक्षा गरिएको थियो । पार्टीले नेपाली कम्युनिष्ट आन्दोलनलाई बलियो शक्तिका रुपमा विकास गर्ने उद्देश्यले समाजवादी कार्यदिशा अँगालेका व्यक्ति, विभिन्न कम्युनिष्ट समूह तथा दललाई एकताबद्ध गर्न सम्बन्धित पक्षसँग वार्ता गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ