ओलीलाई भुषालको आग्रह - निर्वाचन बिथोल्नेतिर नलाग्नुहोस् [भिडियो]
ओलीका नीतिहरूले मुलुकले धेरै कुरा गुमायो, असाध्यै धेरै अपूरणीय क्षति व्यहोरिसकेको छ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
952
Shares
काठमाडौँ। नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुषालले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन मा कसैले पनि बाधा अवरोध सिर्जना गर्न नहुने बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विशेष आग्रह गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीका नीतिहरूका कारण मुलुकले धेरै ठूलो र अपूरणीय क्षति व्यहोरेको जिकिर गर्दै अब निर्वाचन बिथोल्ने काम नगर्न आग्रह गरे। उनले नेपाली काँग्रेसलाई पनि चुनावको बारेमा दुविधा नपाल्न अनुरोध गरे।
भुषालले भने, “यो मुलुकले कमरेड ओलीका नीतिहरूले मुलुकले धेरै कुरा गुमाएको छ। असाध्यै धेरै अपूरणीय क्षति व्यहोरिसकेको छ कमरेड ओली। अब तपाईंले पनि चुनाव विथोल्नेतर्फ नलाग्नुस्।” उनले पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी) लाई आम जनताले विश्वास गर्ने आधार नभएको टिप्पणी गर्दै चुनावलाई बिथोल्ने कुरा नगर्न चेतावनी दिए।