arrow

आजबाट घनश्याम भुसाल समाजवादी नेता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
ghanashyam-bhusal-uml.jpg

काठमाडौं ।  गत मंगलबार नै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने तयारी गरेका वामपन्थी नेता घनश्याम भुसाल आज प्रवेश गर्ने भएका छन् ।

एमाले विभाजनका बेला १० बुँदे सहमति गरेर नेकपा एमालेमै बसेका घनश्याम भुसाल आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्याल होटेलमा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।

माधवकुमार नेपालले नेकपा एमाले छोड्दा भुसाल नेपालको समर्थनमा थिए । तर उनी एमालेमै रहे ।  एमालेले मङ्सिर ४ को निर्वाचनमा टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर उठेका थिए ।   रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमालेका सचिव छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

भुसालले आफूसँगै आफूनिकट  कार्यकर्तालाई पनि एसमा प्रवेश गराउँदै छन् ।  ता भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने क्रममा महासचिव दिनुपर्ने सर्त राखेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ