arrow

रविले भने- गल्ती गरे जाने जेल नै हो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
ravi-lamichhane-home-minister-2079-09-11.jpg

काठमाडौं ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार गरी गल्ती गरेकाहरू जेल जानुपर्ने स्पष्ट पारेका छन् । बिहीबार चितवन पुगेका लामिछानेले भने 'गल्ती गरे जाने जेल नै हो। भ्रष्टाचारको अनुसन्धान रोकिँदैन, आफ्नो प्रक्रियामा जान्छ ।'

उनले विगतमा भएका भ्रष्टाचारसम्बन्धी घटनालाई छानबिन गरेर कानुनी दायरामा ल्याइने बताए । उनले अपराध नियन्त्रणमा राजनीतिक पार्टीको प्रभाव पर्न नदिने धारणा पनि बताए। 'अपराध नियन्त्रणमा पनि अब जे हो त्यै हुन्छ। प्रहरीले वस्तुनिष्ठ अनुसन्धान गर्छ,' उनले भने।  

'राजनीति र अन्य कुरालाई एकै ठाउँमा ल्याएर जोड्न हुँदैन। भ्रष्टाचार भनेको भ्रष्टाचार नै हो, यसको अन्त्य हुन जरुरी छ। जे हो त्यै हुन्छ। प्रहरीले वस्तुनिष्ठ अनुसन्धान गर्छ,' उनले भने।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ