सन्दीपले देश छाड्नलगायत पीडितसँग सम्पर्क गर्न नपाउने, आदेश उल्लङ्घन गरेमा पुनः जेल जाने
गोपनीयता भङ्ग नहुने गरी फोन निगरानीमा रहने
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
1.8k
Shares
काठमाडौं। नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
उच्च अदालतको आदेशमा सन्दीपले पीडितसँग सम्पर्क नगर्न आदेश दिएको छ। यदि उनले पीडितसँग सम्पर्क गरेको पुष्टि भएमा पुनः थुनामा पठाइने छ।
योसँगै उनको राहदानी पनि निष्क्रिय बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ। सन्दीप धरौटीमा रिहा भए पनि उनले देश छाड्न पाउने छैनन्। त्यसैगरि सन्दीपले काठमाडौं उपत्यका छाड्न पनि जिल्ला प्रशासनसँग अनुमति लिनुपर्ने छ। उनले उपत्यका छाड्दा आफ्नो प्रायोजन, जाने र आउने मिति जानकारी गराउन पर्ने पनि आदेश दिइएको छ।
इजलासले लामिछाने भाग्न सक्ने अवस्था नभएको, पीडितलाई हानी पुर्याउन सक्ने अवस्था नभएको लगायतका कारणले धरौटीमा छाड्न आदेश दिएको कट्टेलले बताए। अदालतले सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि उनी शुक्रवार मात्रै छुट्ने छन्।
त्यसैगरी प्रहरीले सन्दीपको फोन पनि गोपनीयता भङ्ग नहुने गरी निगरानीमा राख्न अदालतले आदेश दिएको छ ।
गत कात्तिक १८ गते काठमाडौँ जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।