नेपाल राष्ट्र बैङ्कको सञ्चालक समिति सदस्यका रूपमा सचिव रायको शपथ
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
641
Shares
काठमाडौं। अर्थ मन्त्रालयका सचिव तोयम रायले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यका रूपमा शपथ लिएका छन् ।
सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव उक्त बैङ्क सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैङ्कका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रारद्वय नारायणप्रसाद पन्थी र निर्मला पौडेल, सहरजिष्ट्रार नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैङ्कका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायत अधिकारीको उपस्थिति थियो ।