arrow

सत्ता गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तार मुख्य एजेण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
prachanda-gathabandhan-oli-lingden-ravi.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् ।

तर, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबण्डा टुंगो लगाउने तयारी गरेको छ । 

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ । प्रचण्डले बुधबार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए । प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए । उनले २६ पुसमा विश्वासको मत लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ