arrow

चन्द्र ढकाल र मेरो जीवन यात्रा उस्तै छ, यो पटक देशमा सबै समस्या समाधान गरौँ : प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्रमा नतिजामुखी काम गर्छौँ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
prachand-chandra-dhakal-pm-global-ime-bank.jpg

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यस पटक सरकारले देशका आर्थिक र विद्यमान सबै समस्याहरूलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायहरूलाई  सहकार्यका लागि आग्रह गरेका छन्।

सोमबार ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको मर्जपछि एकीकृत रूपमा ग्लोबल आईएमई बैङ्कका नामबाट कारोबार सुरु गर्न आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समृद्धिका लागि अर्थतन्त्र गतिशील बनाउनु पर्नेमा जोड दिएका छन्।

समारोहमा प्रधानमन्त्री प्रचण्डले सरकार अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ अघि बढेको बताएका छन्।

उनले भने,'अर्थतन्त्रमा नतिजामुखी काम गर्नुपर्ने भएको छ। पहिलो मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र सुधार्ने गरी केही निर्णय गरेको छ। अझै हामीले अर्थतन्त्रलाई गतिशील बनाउनु छ।' यसका लागि उनले अर्थमन्त्री, गभर्नर लगायत सम्बन्ध पक्षसँग निरन्तर संवाद गरिरहेको बताएका छन् ।

यस्तै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य बढाउने र यसका लागि समृद्धि अभियानमा बाधक नीति  र कानुन पनि फेर्ने समेत बताएका छन्। उनले आर्थिक क्षेत्रमा काम गर्नका लागि छुट्टै संस्था आवश्यक परे त्यो पनि ल्याउने बताए ।

प्रधानमन्त्री प्रचण्डले आफू पनि एक सामान्य गरिब किसान परिवारमा जन्मेर देश परिवर्तनको क्रान्तिमा लागेको बताउँदै आफ्नै जस्तो जिवन यात्रा आर्थिक क्षेत्रमा ग्लोबल आईएमई बैङ्कका अध्यक्ष चन्द्र ढकालको समेत मेल खाने किसिमको रहेको बताए।

उनले भने,'एउटा बागलुङ जिल्लाको सामान्य ग्रामीण किसान परिवारमा जन्मिएर छोटै अवधिमा यो उचाइ हासिल गर्ने कुरासँग म आफै मेरो राजनीतिक यात्राको तुलना गर्ने गर्छु, बेला बेला मैले उहाँलाई भन्ने पनि गर्छु तपाईँको आर्थिक व्यावसायिक यात्रा र मेरो राजनीतिक यात्रा उस्तै-उस्तै छन् ।'

उनले अघि भने, 'एउटा गरिब ग्रामीण किसान परिवारमा जन्मेर म अहिले जुन ठाउँमा जुन जिम्मेवारी र जुन भूमिकामा छु र तपाई आर्थिक क्षेत्रमा आफ्नै मेहनतमा जहाँ हुनुहुन्छ, हामीले सहकार्य गर्दै देश बनाउनु छ भन्ने गर्छाैं, अहिले पनि म यहीँ अपेक्षा र यहाँहरू सबैको सहयोग रहेकोले यो पटक सरकारले देशका अगाडि विद्यमान सबै समस्याहरूलाई समाधान गर्नेछ भन्ने विश्वास र अपिल गर्छु।'

यस्तै उद्घाटन समारोहमा ग्लोबल आईएमई बैङ्कका अध्यक्ष चन्द्र ढकालले आजसम्म कुल २१ वटा बैङ्क तथा वित्तीय संस्था मिलेर आजदेखि एकीकृत रूपमा ग्लोबल आईएमई बैङ्कका नामबाट कारोबार सुरु हुन लागेको बताएका छन् ।

उनले आजसम्म ५ वटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क र ६ वटा फाइनान्स र वित्तीय संस्थासहित २१ वटा बैङ्क तथा वित्तीय संस्था मिलेर आज ग्लोबल आईएमई बैङ्क देशकै ठूलो बैङ्क बनेको बताएका छन् । 

आफूहरू दुई प्लस दुईबाट ४ नभई पाँचको लक्ष्य राखेर अघि बढेको र सरकार र राष्ट्र बैङ्कको मर्जरको नीति कार्यान्वयन सँगै यसले अन्य बैङ्कहरूलाई समेत मर्जका लागि उत्साहित गरेको समेत अध्यक्ष ढकालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ