कडा निर्देशनपछि स्थानीय प्रशासनले बन्द गरायो कपिलवस्तुका १५ क्रसर उद्योग
मणिप्रसाद गैह्रे,
प्रकाशित २०७९ पुष २३ शनिबार
1.2k
Shares
तस्बिर – फाइल ।
कपिलवस्तु । कपिलवस्तुमा रहेका १५ अवैधानिक क्रसरहरुलाई बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका अवैधानिक क्रसर उद्योग बन्द गर्न परिपत्र गरेपछि गत पुस २१ गते जिल्लाका १५ क्रेसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रले बताए ।
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको ११ वटा, विजयनगर गाउँपालिकाको २ वटा र बुद्धभूमि नगरपालिका र कृष्णनगर नगरपालिकास्थित एउटा एउटा क्रेसर उद्योग बन्द गराइएका हुन् । ३३ मध्ये १५ वटा बन्द गराइएका छन् भने बाँकी १८ वटा पहिलेदेखि नै बन्द अवस्थमा रहेको प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए ।