arrow

श्रीलंका चिनियाँ डेब्ट ट्र्यापमा पर्‍यो, त्यसैले हम्बनटोटा गुम्यो: हरिम वाटसन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
harim-watson-srilanka-bri.jpg

काठमाडौं । श्रीलंकाको काउन्सिल फर पब्लिक पोलिसी (सीपीपी) का हरिम वाटसन पेइरिसले श्रीलंका चिनियाँ डेब्ट ट्र्याप (ऋण जाल)मा परेको बताएका छन् ।

उनले बेल्ट एण्ड रोड इनिसिएटिभको सन्दर्भमा चीनले  छोटो भुक्तानी अवधिको चर्को ब्याजदरको ऋण लगानी गरेर विभिन्न देशका पूर्वाधारहरूबाट देशलाई घाटा पर्ने स्थिति सिर्जना गर्ने टिप्पणी गरेका छन् ।

श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा चीनले ऋण लगानी गरेको थियो । तर, इतिहासकै चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलंकाले उक्त ऋण लगानी चुक्ता गर्न नसक्दा चीनले यो बन्दरगाह ९९ वर्षका लागि लिजमा लिएको छ ।

श्रीलंकाली सार्वजनिक नीति परिषद्का हरिम वाटसनले अब, पाकिस्तान चीनको डेब्ट ट्र्यापमा पर्ने स्थिति रहेको समेत बताएका छन् ।

दक्षिण एसियामा बीआरआई चुनौती र नेपालको स्थिति

सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेड्रलिज्म (सीईएसआईएफ)ले जिओपोलिटिक्स एण्ड बीआरआई इन साउथ एसिया शीर्षकमा आयोजना गरेको अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै उनले नेपाल र कुनै पनि दक्षिण एसियाली मुलुकले चिनियाँ बीआरआई अन्तर्गतका परियोजनाहरूमा ऋण लगानी स्वीकार गर्नुअघि विशेष अध्ययन हुनुपर्ने बताएका छन् ।

हेर्नुहोस् भिडियो:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ