arrow

मधेस प्रदेश 

जसपाले आज नेता छान्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
JasAPA.png

जनकपुर ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशमा आज संसदीय दल नेता छान्दै छ । संसदीय दलका नेताका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव र रामअशिष यादवको नाम चर्चामा रहेको  छ । 

आज नेता चयन गर्न सर्वसम्मत निर्णयका लागि प्रयास गर्ने र सहमति नभएको खण्डमा चुनाव गरिने समिति संयोजक लालकिशोर  साहले बताए ।

पार्टीको केन्द्रीय समितिले मधेस प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लालकिशोर साहको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले प्रदेशसभाका सदस्यसँग छलफल तथा परामर्श गरिरहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ