arrow

जेएनयुका प्रोफेसर भन्छन्: दक्षिण एसियाको आधुनिकीकरण लागि ८ ट्रिलियन चाहिन्छ, बीआरआई अन्योल हो

जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर: बीआरआईको ४ प्रतिशत चर्को हो, भारतले ०.००२ प्रतिशतको ऋण सम्झौता गरेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
china-bri-srikanth-kondapalli-jnu.jpg

काठमाडौं। भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)का स्कुल अफ इन्टरनेशनल स्टडिजका डीनएवं चाइनिज स्टडिजका प्रोफेसर श्रीकान्त कोन्डापल्लीले दक्षिण एसियाको पूर्ण आधुनिकीकरण लागि ८ ट्रिलियन अमेरिकी डलर बराबरको लगानी आवश्यक भएको बताएका छन्।

चिनियाँ बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का बारेमा बोल्दै उनले यसले दक्षिण एसियामा अनिश्चितता, आतङ्कवाद, हिन्द महासागरमा पाइरेसी जस्ता अशान्तिहरू मात्रै सिर्जना गर्ने देखिएको बताएका छन्।

दक्षिण एसियामा बीआरआई चुनौती र नेपालको स्थिति

चिनियाँ अधिकारीहरूको तथ्याङ्क अनुसार चीनले दक्षिण एसियामा १०० अर्ब अमेरिकी डलर मात्रै लगानी गर्ने योजना बनाएको समेत उनले बताएका छन्।

बीआरआई अन्तर्गत आउने चिनियाँ ऋण लगानी निकै चर्को ४ प्रतिशत ब्याजदरको र छोटो भुक्तानी अवधि करिब १० देखि १५ वर्षको मात्रै हुनुले यसले ऋण स्विकार्ने देशको अर्थतन्त्रलाई सङ्कटमा पार्ने सम्भावना बढी रहेको उनको भनाइ छ।

भूराजनीति र दक्षिण एसियामा बीआरआई: यसो भन्छन् दुई पूर्व परराष्ट्रमन्त्री [भिडियोसहित]

जापानको ऋण लगानीमा दिल्ली मेट्रो ०.००२ प्रतिशत ब्याजदर र ५२ वर्षको भुक्तानी अवधिसहित सम्झौता भएको उदाहरण दिँदै उनले कम भन्दा कम ब्याजदर र लामो भुक्तानी अवधिका परियोजनाहरू र तीनले अर्थतन्त्रमा सकारात्मक नतिजा दिने निष्कर्ष सहित मात्रै सम्झौता गरिनु पर्ने बताएका छन्।

श्रीलंका भन्छ बीआरआईले सखाप भयौँ: नेपाललाई सजग रहन भारत, बंगलादेशको सुझाव [भिडियोसहित]

सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेड्रलिज्म (सीईएसआईएफ)ले आयोजना गरेको जिओपोलिटिक्स एण्ड बीआरआई इन साउथ एसिया शीर्षकको अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै उनले यस्तो बताएका हुन्।

बाँकी हेर्नुहोस् भिडियोमा:

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ