arrow

मोदीले गरे वैज्ञानिकहरूलाई अपिल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
modi-indian-pm-1.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  देशका वैज्ञानिकहरूलाई देशलाई ‘आत्मनिर्भर’ बनाउन सहयोग गर्न अपिल गरेका छन् ।  प्रधानमन्त्री मोदीले विश्वको व्यावहारिक आवश्यकतालाई ध्यानमा राखी वैज्ञानिक आविष्कारमा केन्द्रित हुनुपर्ने सन्देश दिए ।

१०८ औँ 'भारतीय विज्ञान कांग्रेस' को सम्मेलनमा सहभागी मोदीले भने, 'हाम्रो वैज्ञानिक आविष्कारको केन्द्रबिन्दु भारतलाई आत्मनिर्भर बनाउने हुनुपर्छ। हामीले विश्वव्यापी नवप्रवर्तन र चासोका क्षेत्रहरू, साथै हामीले आविष्कार गर्न सक्ने क्षेत्रहरूमा ध्यान दिनुपर्छ ।'

मोदीले भने, ‘मानिसलाई के फाइदा हुन्छ भन्ने कुरामा वैज्ञानिकहरूले ध्यान दिनुपर्छ । वैज्ञानिकहरूले मानव आवश्यकता हेरेर वैज्ञानिक आविष्कार गर्नुपर्छ ।' उनले वैज्ञानिकहरूले आफ्ना आविष्कारलाई प्रयोगशालाबाट तल्लो तहसम्म पुर्‍याउने प्रयास गर्नुपर्ने पनि बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ