arrow

पत्रकार अधिकारी अर्बुद रोग उत्कृष्ट पत्रकारिताबाट सम्मानित

logo
प्रकाशित २०७३ असोज २ आइतबार
nepal-cancer-relief-society-santoshi-gagan.jpeg
काठमाडौं। नेपाल अर्बुद रोग निवारण संस्थाद्धारा हरेक वर्ष प्रदान गरिने नेपाल अर्बुद रोग उत्कृष्ट पत्रकारीता पदक यस वर्ष एभिन्युज खबरकी कार्यक्रम प्रस्तोता तथा सम्बाददाता सन्तोषी अधिकारीले जित्न सफल भएकी छन्। नेपाल अर्बुद रोग निवारण संस्थाको ३४ औं वार्षिकोत्सवका अवसरमा पत्रकारीताका माध्यमबाट क्यान्सर रोग सम्बन्धी जनचेतनामुलक समाचार तथा कार्यक्रम प्रशारण गरेबापत् अधिकारीलाई सम्मान गरिएको हो। 
 
२०३९ सालमा स्थापना भएको नेपाल अर्बुद रोग निवारण संस्थाले २०५१ सालमा नेपालमै पहिलो पटक भक्तपुर क्यान्सर अस्पताल स्थापना गरि हालसम्म क्यान्सर रोगसम्बन्धी विभिन्न सेवाहरु दिईरहेको छ। विदेशमा महंगो शुल्क तिरेर क्यान्सरको उपचार गर्न जानुपर्ने बाध्यताको भक्तपुर क्यान्सर अस्पतालले कम गरिदिएको छ। 
उपत्यका लगाएत ४२ जिल्लामा आफ्नो शाखा विस्तार गरेको नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो ३४ औं वार्षिकोत्सबका अवसरमा दुर्गाबहादुर श्रेष्ठ उत्कृष्ट शाखा सभापति सम्मानबाट सुर्खेत शाखा प्रमुख कर्णबहादुर थापालाई सम्मानित गरेको छ। त्यसैगरि गोमादेवि बराल स्मृति पदकबाट एम्बीसन एकेडेमीका देवीप्रसाद घिमिरे, सानुछोरी शाक्य स्मृति क्यान्सर सेवा पदक सिद्धि स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष श्यामसुन्दर धौवडेल र नागरिक अस्पतालका डा. विशेष पौडेलले प्राप्त गरेका छन्। त्यसैगरि उत्कृष्ट शाखा रनिङशिल्ड नेपाल अर्बुद रोग निवारण संस्थाको कास्की शाखाले हात पारेको छ। 
 
कार्यक्रममा क्यान्सर अस्पतालमा उत्कृष्ट काम गरेबापत विभिन्न कर्मचारीहरुलाई संस्थाले प्रमाणपत्र तथा प्रंशसापत्र प्रदान गरेको थियो। पदक, पुरस्कार तथा सम्मान स्वास्थ्य मन्त्री गगन थापाले प्रदान गरेका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ