arrow

रहेनन् वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री राणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १६ शनिबार
shirish-shamsher-rana-former-minister.jpg

काठमाडौं । पूर्वमन्त्री शिरिष राणा (शिरिष शमशेर जबरा) को निधन भएको छ । झण्डै एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित राणाको ७१ वर्षको उमेरमा निधन भएको हो ।

जबराको सैनिक अस्पताल छाउनीमा राति १ बजेतिर उपचारको क्रममा निधन भएको हो । 

पूर्वपत्रकार राणा संचारराज्यमन्त्रीसमेत भएका थिए ।

उनी राइजिङ्ग नेपालको सम्पादक हुनुका साथै गोरखापत्र संस्थानको अध्यक्षसमेत भएका थिए । 

उनका श्रीमती र दुई जना छोरा छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ