arrow

मोरङको उर्लाबारीबाट पनि राहदानी वितरण

logo
प्रकाशित २०७३ असोज २ आइतबार
morang.png
उर्लाबारी । पूर्वी मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयबाट आइतबारदेखि राहदानी वितरणको काम हुने भएको छ । 
 
जिल्ला सदरमुकाम विराटनगर धाउनुपर्ने झन्झटबाट अब यसक्षेत्रका बासिन्दा मुक्त भएका छन् । 
 
सङ्घीयताको मर्मलाई पछ्याउँदै धेरै जनसङ्ख्या रहेका इलाका तथा पहाडी क्षेत्रका मानिसका लागि समेत ध्यान दिएर स्थानीयवासीको विशेष पहलमा यसखाले सेवा थालिएको कार्यालयका प्रमुख मुरारी वस्तीले बताए । 
 
पूर्वी मोरङको उर्लाबारी, पथरीशनिश्चरे र लेटाङभोगटेनी नगरपालिका तथा राजघाट, मधुमल्ला, बयरवन, हसन्दह, केरौन, डाँगीहाट, टाँडी, जाँते, रमितेखोला, वारङ्गी गाविस यसको कार्य क्षेत्र हो । 
 
सेवा क्षेत्रको केन्द्रभागमा पर्ने उर्लाबारीबाटै राहदानी वितरणको काम थालिने भएपछि स्थानीय बासिन्दा हर्षित भएको यस कामका पहलकर्तामध्येका नेकपा ९एमाले०का ९ नं क्षेत्रीय अध्यक्ष गङ्गाप्रसाद बाँस्तोलाले बताए । 
 
सो इलाकामा जिल्लाको ३० प्रतिशत बढी जनसङ्ख्या रहेको छ । विसं २०४७ मा खडा भएको इलाका प्रशासनले नागरिकता वितरण, नाबालकको परिचयपत्र, आदिवासी, जनजाति, दलित समुदाय प्रमाणित कागजात, राहदानी सिफारिस प्रदान गर्नुका साथै असुरक्षासम्बन्धीको ठाडो उजुरी लिने गर्दै आएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ