arrow

नेयमारलाई रातो कार्ड, एम्बाप्पेको विजयी गोल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
psg-neymar-redcard.jpg

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले ट्रासबर्गमाथि २–१ को जित निकालेको छ । बुधबार राति पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पले विजयी गोल गरेका थिए । विश्वविजेता लियोनल मेस्सी भने खेलमा सहभागी थिएनन् । उनी अर्जेन्टिनामै रहेका छन् । 

६२औं मिनेटमा नेयमारले दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छोडेपछि १० खेलाडीमा सीमित भए पनि एम्बाप्पेले इन्जुरी समयको सातौं मिनेटमा गोल गरेपछि शीर्ष टोली पीएसजीले जित निकाल्यो । 

नेयमारको पासमा मार्किन्होसले गोल गर्दै पीएसजीलाई १४औं मिनेटमा अग्रता दिलाएका थिए । ५१औं मिनेटमा मार्किन्होसले आत्मघाति गोल गरेपछि घरेलु मैदानमा पीएसजी बराबरीको स्थितिमा थियो । 

दश मिनेट थप गरिएको इन्जुरी समयको सातौं मिनेटमा प्राप्त पेनाल्टीलाई एमबाप्पेले सदुपयोग गरे ।

जितपछि पीएसजी १६ खेलमा ४४ अंकका साथ शीर्ष स्थानमा अग्रता थप फराकिलो पारेको छ । दोस्रो स्थानको लेन्सले १५ खेलमा ३६ अंक जोडेको छ ।

१६ खेलमा ११ अंकमै सीमित स्ट्रासबर्ग भने पुछारबाट दोस्रो स्थानमा रहेर रेलिगेसनबाट बाच्न संघर्ष गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ