arrow

प्रहरी र रेडक्रस बाजुराको सरसफाइ अभियान

logo
प्रकाशित २०७३ असोज १ शनिबार
sarsafaibajura.jpeg
बाजुरा। नेपाल प्रहरी र रेडक्रस सोसाइटीले जिल्लामा सरसफाइ गरेका छन् ।  सोसाइटी र प्रहरीले मार्तडीमा रहेको बडिमालिका मन्दिर परिसरमा सरसफाइ गरेका हुन् ।  हिजो देखि सुरु भएको अनन्ते पर्वको अवसरमा मन्दिर परिसर सरसफाइ गरिएको प्रहरी प्रमुख दल बहादुर बोगटीले बताएका छन् ।  
 
जिल्ला खुला दिसामुक्त क्षेत्र भइ सकेकाले सरसफाइमा ध्यान दिनुपर्ने रेडक्रसका मन्त्री रम बहादुर शाहीले बताउछन् । उनले सरसफाइमा बजार अन्य क्षेत्रमा हेर्दा नाजुक भएकाले सरसफाइ गरेको  बताए । 'हाम्रो ठाउ हाम्रो पृथ्वी हाम्रो कर्तव्य' भन्ने मुल नाराका साथ राष्ट्रिय दिवस मनाइएको खेम विश्वकर्माले बताए ।
 
सरसफाइ गर्दा स्वच्छ र निरोगी हुने भएकाले दैनिक रुपमा घर आगन सरसफाइ,घर वरीपरी सरसफाइ राख्दा विभिन्न खालका रोगबाट बच्न सकिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सिअहेव टेक बहादुर खड्का बताउछन् । उनले व्यक्तिगत र वातावरणी सरसफाइ गर्दा साबुन पानीले मिचिमिची हात धुनु आवश्यक रहेको बताए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ