विश्वविद्यालयमा प्रतिबन्धपछि साहसी अफगानी महिला उत्रिए विरोधमा, पानीको तोप हान्दै तालिबान
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
1k
Shares
काठमाडौं । अफगानिस्तानका महिलाहरुले पानीको तोपबाट आफूलाई बचाउन ढालको रूपमा लेन प्रयोग गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
तालिबानले अफगानिस्तानमा महिलाहरुलाई स्कुल तथा विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको विरोधमा महिलाहरुले विभिन्न किसिमले विरोध जनाउन थालेका छन् ।
The heroic women of Afghanistan out on the streets of Herat today to protest against the Taliban’s BAN on female students going to university. They scream “cowards” at the Taliban.
सबैभन्दा सहसी कदमका रुपमा तालिबानको यस्तो निर्णयविरुद्ध सयौं अफगान महिला सडकमा नै उत्रिएका छन् । ती महिलाहरुले विरोध जुलुसहरूमा 'शिक्षा हाम्रो अधिकार हो' र 'तालिबान कायर हुन्' जस्ता नारा गुञ्जिएका छन् ।
तालिबानले महिलाहरूलाई उच्च शिक्षा लिन प्रतिबन्ध लगाएको केही दिनपछि अब, गैर सरकारी संस्थाहरू (एनजीओ)मा काम गर्नबाट समेत प्रतिबन्ध लगाएको छ ।
अफगानिस्तानको अर्थ मन्त्रालयका प्रवक्ता अब्देल रहमान हबिबले महिलाले अब कुनै पनि अन्तर्राष्ट्रिय वा राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न नपाउने घोषणा गरेका छन् ।
उनले तालिबानले गैरसरकारी संस्थाहरूलाई 'अर्को सूचना नभएसम्म' निषेधको मूल्याङ्कन गर्दै पत्र पठाएको बताएका छन्। उनका अनुसार महिलाले हिजाब नलगाउनु र शरिया कानून नमान्नु नै कारबाही हुनुको प्रमुख कारण बनेको छ ।
Fearless girls out protesting today in Herat city and chanting — “Education is our human right.”
It’s worth knowing that these girls are putting their lives at risk by even stepping out of their house. But Afghanistan’s women won’t be silenced.pic.twitter.com/AZkLLWfKWo
विश्वविद्यालयमा छात्राहरूलाई प्रतिबन्ध लगाउने तालिबानको निर्णयले विश्वव्यापी रूपमा हंगामा मच्चाएको छ।
तालिबानले महिलाहरूले कलेजहरूमा पुरुष साथीहरूसँग कुराकानी गर्ने र उपयुक्त इस्लामिक ड्रेस कोडको पालना नगर्ने तर्क गर्ने गरेका छन्। उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदीमले मंगलबार ‘तत्काल प्रभाव’का साथ प्रतिबन्ध लागू गरेका छन्। नदीमले भनेका छन्,'उनीहरू विवाहमा गएको जस्तो लुगा लगाउँछन्।'
Incredible scenes in Afghanistan today as male students walk out of their university exam in protest against Taliban’s decision to BAN women & girls from university.
विरोध प्रदर्शनका बीच अफगानिस्तानको राजधानी काबुलमा तालिवानले पाँच महिलालाई पक्राउ गरेको छ । उनीहरुले तीन जना पत्रकारलाई पनि पक्राउ गरेका छन् । प्रतिबन्ध लगाइएको एक दिन पछि, गार्डहरूले सयौं महिलाहरूलाई शैक्षिक संस्थाहरूमा प्रवेश गर्न निषेध गरेको छ ।
तालिबानले पहिले नै अधिकांश माध्यमिक विद्यालयहरूमा महिलाहरूलाई प्रतिबन्ध लगाएको छ। संयुक्त राष्ट्र संघ र धेरै देशहरूले तालिबानले महिलाहरूलाई उनीहरूको शैक्षिक अधिकारबाट वञ्चित गर्ने निर्णयको निन्दा गरेका छन्।
अफगानिस्तानका विश्वविद्यालयका पुरुष विद्यार्थीहरूले पनि आफ्ना महिला समकक्षहरूसँग ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन गरेका छन्। निर्णय पछि धेरै प्राध्यापकहरूले राजीनामा दिएका छन् भने, पुरुष विद्यार्थीहरू विरोधको संकेतको रूपमा परीक्षा हलबाट बाहिर निस्केका छन्।
The Taliban are reportedly shooting and beating male students who walked out of their exams in Afghanistan today in protest against the ban on women going to university.
This is truly barbaric and horrifying. The world must watch, listen and act now. pic.twitter.com/iaP3dwutVE