arrow

पीएसजीसँग सम्झौता नजिक मेस्सी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
messi-psg-2022-10-30.jpg
तस्बिर – फाइल ।

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नविकरण गर्न सहमत भएका छन् । बीबीसीका अनुसार ३५ वर्षीय मेस्सीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन् ।

कतार विश्वकप जितेपछि मेस्सी यतिबेला अर्जेन्टिनामै छन् । मेस्सी विजयी र्यालीमा सहभागी छन् । मेस्सीले जुनमा सम्झौता गर्ने बुझिएको छ । खेल जिवनीकै उच्च लयमा देखिएका मेसीलाई बार्सिलोना फर्काउने अध्यक्ष जोअन लोपार्टाले चाहन्थे । 

मेस्सी २१ वर्ष स्पेनको बसाई छाड्दै सन् २०२१ मा पेरिस पुगेका थिए । यसै सिजन मेस्सीको सम्झौता सकिँदै छ । 

यदपि, दोहामा पिएसजी अध्यक्ष नासेर अल खेलाफीसँग मेसीले बार्ता गर्दै क्लबमै रहने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ