arrow

स्थापनाको अवसरमा नगर सरसफाई

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ असोज १ शनिबार
syangia-nagar.jpeg
भिरकोट। स्याङ्जाको भिरकोट नगरपालिका घोषणा भएको एक बर्ष पुगेको छ। स्थापना भएको एक बर्ष पुगेको अवसर तथा संविधान जारी भएको पनि एक बर्ष पारेर भिरकोट नगरपालिकाका विभिन्न क्षेत्रमा सरसफाई गरिएको थियो। २०७२ साल असोज १ गते नेपाल सरकारले स्याङ्जाका ४ गाविस मिलाएर भिरकोट नगरपालिका घोषणा गरेको थियो। भिरकोट उद्योग वाणिज्य संघ र सन्त निरंकारी संस्थाको सहकार्यता तथा भिरकोट नगरपालिकाको आयोजनामा नगर सरसफाई गरिएको हो। सरसफाई अभियानमा भिरकोट नगरपालिका स्थित राजनीतिकदल, विभिन्न संघसंस्था, उद्योगी व्यावसायी, वित्तिय क्षेत्र, नागरिक समाज लगायतको सहभागिता रहेको थियो। 
 
भिरकोट नगरवासीले स्थापनाको अवसरमा घर—घरमा समेत दिपावली गरेका छन्। साविकका खिलुङदेउराली, वानेथोक, ढापुक सिमलभञ्याङ र दार्सिङ दहथुमलाई मिलाएर भिरकोट नगरपालिका नामाकरण गरिएको हो। नगरको सरसफाईले सबै नगरवासीमा एकताको सन्देश सगै सफा नगरले चिनाउने काममा सहजता मिल्ने भिरकोट नगरपालिकाका कार्यकारी अधिकृत झविश्वर रेग्मीले बताए। नगरलाई सफा राख्न पनि यो सरसफाई अभियानले टेवा पुग्ने कार्यकारी अधिकृत रेग्मीको भनाई थियो। वयरघारी बजार, वगरे बजार, झारखाम लगायतका स्थानहरुमा सरसफाई गरिएको थियो। भिरकोट नगरपालिका स्थापना भए सगै स्याङ्जामा ४ नगरपालिका भएका छन् । भिरकोट नगरपालिका स्थापनामा कान्छो नगरपालिकाको रुपमा घोषणा भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ