arrow

एकैपटक १० ठाउँमा लोकसेवामा नाम निकाल्ने को हुन् सारु ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ९ शनिबार
roshan-saru-magar.jpg

अर्घाखाँची । लोकसेवा परीक्षा । मानिसलाई सरकारी जागिर खान असाध्यै मन लाग्छ । एउटा रोचक प्रसंग लाग्ने धातिवाङ्ग साविक वडा नं १ वाढुंगाका २७ वर्षे युवा रोशन सारू मगर (हुमबहादुर सारू) ले लोकसेवामा एकैपटक १० ठाउँमा नाम निकालेका छन् ।

हालै प्रकाशन भएका नतिजाअनुसार सारूले राष्ट्रिय विमा संस्थान, काठमाडौं उपत्यका विकास प्राधिकरणको चौथौ तह र पाचौँ तह, खाद्य संस्थान, निजामति सेवा नायव सुब्बा कानून, नेपाल विमा प्राधिकरण, राजश्व सुव्वा, नेपाल टेलिकम व्यवसाय प्रशासकीय अधिकृत र शुक्रबार प्रकाशन नतिजामा नेपाल सरकारको संघीय शाखा अधिकृतमा नाम निकालेसँगै १० ठाउँमा नाम निकालेका छन् । 

सानै उमेरदेखि पढाईमा लगनशील सारू २०५२ साल असोज २१ गते धातिवाङ्ग वाढुंगामा जन्मिएका थिए । रनबहादुर सारू मगर बुबा र गोमकला सारू मगर आमा रहेका सारू गत मंसिरमा प्रभा घर्ती मगरसँग वैबाहिक सम्बन्धमा जोडिएका हुन् ।

मैदानको श्री कृष्ण माविबाट एसएलसी उत्तीर्ण गरेका सारूले बुटवलको क्यानन उमाविबाट विज्ञान विषयमा ं२ उत्तीर्ण गरेका हुन् । स्नातक तह काठमाडौंको त्रिचन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गरेका सारूले स्नातकोत्तर तह काठमाडौंको जनप्रशासन क्याम्पस बल्खुमा एमपीए अध्ययनरत छन् ।

सारूले निकै मेहनत गरेर १० ठाउँमा लोकसेवामा नाम निकाल्नु धातिवाङ्गकै गौरबको विषय भएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ