-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको भाडा बढेको छ । नेपाल आयल निगमले पुस १ गतेबाट ८ देखि १० प्रतिशत भाडा बढाएको हो ।
चार वर्षदेखि एउटै भाडा रहेको भन्दै ट्याङ्कर व्यवसायीले पटक पटक आन्दोलन गर्दै आएका थिए ।
आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार ३६ वटा गन्तव्यमा ढुवानी भाडा कम्तीमा ८ देखि १० प्रतिशतले वृद्धि भएको छ ।
अध्ययन गरेर भाडा बढाउने निर्णय भएको उनले बताए ।