arrow

कतार विश्वकपमा अहिलेसम्मकै बढी गोल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
qatar-world-cup-2022.png
तस्बिर – फाइल ।

काठाडौं । कतारमा सम्पन्न विश्वकप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ । कतार विश्वकपमा १७२ गोलको कीर्तिमान बनेको हो । 

आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच भएको विश्वकप फाइनलमा दुवै टीमले बराबर तीन गोल गर्दै कूल छ गोल गरी खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए । 

फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल अन्तर बराबर बनेपछि भएको ‘पेनाल्टी सुट आउट’मा साविक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि चुम्न सफल भएको हो ।

योसँगै कतार विश्वकप अहिलेसम्मकै सर्वाधिक गोल गर्ने प्रतियोगिता भएको छ । सन् १९९८ र २०१४ मा समान १७१ गोल भएकामा यसपालि एक गोल मात्र बढी हो ।

स्पेनले कोस्टारिकालाई ७–० ले हराएको र इंग्ल्यान्डले इरानमाथि ६–२ को जित हात पार्दा पनि समूह चरणमा ६ गोलरहित बराबरी खेल भएका थिए । 

सन् २०२६ को संस्करणमा लगभग निश्चित रूपमा गोलको नयाँ रेकर्ड हुनेछ । किनकि विश्वकप ४८ टोलीमा विस्तार हुनेछ । यसको अर्थ न्यूनतम ८० खेलहरूको साथ हुने प्रतियोगिताले धेरै गोल पाउने नै छ । 

फिफाले १२ टोलीको चार समूह वा १६ टोलीको तीन समूहमा खेलाउने निर्णय गर्नेछ । यसपालि ३२ टोली सहभागी भएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ