arrow

कतार विश्वकपः मेस्सी सर्वोत्कृष्ट खेलाडी, कसलाई कुन उपाधि ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
messi-world-cup-kiss-2022.jpg

काठमाडौं । अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका कप्तान लियोनल मेस्सी कतार विश्वकपका सर्वोत्कृष्ट खेलाडी भएका छन् । 

८८ हजार ९६६ दर्शक क्षमताको लुसेल आइकोनिक स्टेडियममा भएको रोमाञ्चक र सनसनीपूर्ण फाइनल खेलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । 

निर्धारित ९० मिनेटको खेलमा २–२ को बराबरी, अतिरिक्त समयमा थप १–१ गोलको बराबरीमा सकिएको खेल टाइब्रेकरमा निर्णायक बनेको हो । योसँगै मेस्सी सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जितेका छन् । 

उनले फाइनलमा दुई गोल गरेर यो विश्वकपमा सात गोल गरे । उनले अहिलेसम्मका विश्वकपमा १३ गोल गरेका छन् । उनले पाँचौं पटक विश्वकप खेलेका ३५ वर्षीय मेस्सीले विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडीको कीर्तिमानसमेत रचेका छन् । उनले यसअघि जर्मनीका पूर्व मिडफिल्डर लोथर माथ्युसको नाममा रहेको २५ खेलको कीर्तिमान तोडेका छन् । 

उनले चार गोलका लागि असिस्ट पनि गरेका थिए । मेस्सी विश्वकपमा सर्वोकृष्ट खेलाडी भएको दोस्रो पटक हो । यसअघि उनले सन् २०१४ को विश्वकपमा पनि यो अवार्ड जितेका थिए । 

अर्जेन्टिनाका लागि उनी सर्वाधिक गोल गर्ने खेलाडी हुन् । यसअघि क्रोएसियाविरुद्धको खेलमा गोल गर्दै उनले गाब्रियल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका थिए । 

यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो । अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो । 

विश्व फुटबलमा सबै खाले उपाधि चुम्नुभएका मेस्सीले विश्वकप उपाधि मात्र जित्न बाँकी थियो । विश्वकप उपाधि चुम्ने सपना पनि मेस्सीले कतारमा पूरा गरेरै छाड्नुभएको छ । 

एम्बाप्पेले पाए ह्याट्रिकसँगै गोल्डेन बुट 

गोल्डेन बुट अवार्ड फ्रान्सका युवा स्टार केलिएन एम्बाप्पेले जितेका छन् । उनले यो विश्वकपमा सर्वाधिक आठ गोल गरे । उनले मेस्सीलाई एक गोलले पछि पार्दै यो अवार्ड जितेका हुन् । २३ वर्षीय एम्बाप्पेको फ्रान्सलाई लगातार दोस्रो पटक उपाधि दिलाउने धोको भने पूरा भएन । उनी विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन् । 

सन् १९६६ मै यो कीर्तिमान इङ्गलिश खेलाडी ज्योफ हस्टको नाममा रहेको थियो । सन् १९६६ मा पश्चिम जर्मनीविरुद्ध इङ्गल्याण्डले उपाधि जित्दा हस्टले तीन गोल गरेका थिए । 

यससँगै एम्बाप्पेको विश्वकपमा व्यक्तिगत गोल संख्या १२ गोल पुगेको छ । एम्बाप्पेले सिल्भर बलसमेत प्राप्त गरे । ब्रोन्ज बल क्रोएसियाका लुका मोड्रीचलाई प्रदान गरियो । 

गोल्डेन ग्लोभ मार्टिनेजलाई

विश्वकपका उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ अवार्ड अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले जितेका छन् । ३० वर्षीय मार्टिनेजले फाइनलमा उत्कृष्ट प्रदर्शन गरे । 

उनले टाइब्रेकरमा फ्रान्सका दुई प्रहार बचाएका थिए । 

उनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्धको दुवै टाइब्रेकरमा उत्कृष्ट खेल खेले । 

योङ प्लेयर अवार्ड 
फिफा योङ प्लेयर अवार्ड अर्जेन्टिनाका इन्जो फर्नान्डेजले जितेका छन् । यो अवार्ड २१ वर्षभन्दा मुनिमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ