arrow

एम्बाप्पेको लगातार दुई गोलले फ्रान्स खेलमा फर्कियो, अर्जेन्टिना स्तब्ध, अतिरिक्त समय चल्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
qatar-worldcup-mbappe-france.jpg

काठमाडौं । फ्रेन्च फुटबल स्टार केलियन एम्बाप्पेले ९७ सेकेन्डको फरकमा दुई गोल गरेसँगै कतार विश्वकप फुटबलको फाइनल खेल रोमाञ्चक बनेको छ । मध्यान्तरसम्म २–० ले अग्रता लिएको अर्जेन्टिनाले ८० र ८१ औं मिनेटमा ९७ सेकेन्डको अन्तरमा दुई गोल खाएसँगै निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएको हो । 

अहिले अतिरिक्त समयको खेल हुँदैछ । ८० औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गरेका थिए भने त्यसको ९७ सेकेन्डमै मार्कस थुरामको पासमा अर्को सुन्दर गोल थपेका थिए । 

योसँगै जारी विश्वकपमा एम्बाप्पेले ७ गोल गरेका छन् । उनले अर्जेन्टाइन कप्तान लियोनल मेस्सीको ६ गोललाई पछाडि पारेका छन् । 
यसअघि कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले २३ औं मिनेटमा गोल गरेका थिए । उनले जारी विश्वकपमा गोल संख्यालाई ६ पुर्याए । विश्वकपमा उनको गोल संख्या १२ पुगेको छ । 

त्यस्तै ३६ औं मिनेटमा एन्जल डी मारियाले निकै आकर्षक गोल गर्दै अर्जेन्टिनालाई २–० ले अग्रता दिलाएका थिए । इन्जुरी समयको सातौं मिनेटमा मेस्सीले प्रहार गरेको कडा प्रहारलाई भने गोलकिपरले विफल पारिदिएका थिए ।
सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसिया र फ्रान्सले मोरक्कोलाई हराएको थियो । क्रोएसियाले मोरक्कोलाई हराएर तेस्रो स्थान ओगटेको छ । 
यो खेलपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ