arrow

कतार विश्वकपको फाइनलमा मध्यान्तरसम्म अर्जेन्टिना २–० ले अगाडि, मेस्सी र मारियाको गोल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
messi-argentina-final-qatar.jpg

काठमाडौं । कतार विश्वकप फुटबलको फाइनल खेल जारी रहेको छ । उपाधिका लागि फाइनलमा अर्जेन्टिना र फ्रान्स भिडिरहेका छन् । खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले २–० ले अग्रता लिएको छ । कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । उनले २३ औं मिनेटमा गोल गरेका हुन् । उनले जारी विश्वकपमा गोल संख्यालाई ६ पुर्याएका छन् । विश्वकपमा उनको गोल संख्या १२ पुगेको छ । 

त्यस्तै ३६ औं मिनेटमा एन्जल डी मारियाले निकै आकर्षक गोल गर्दै अर्जेन्टिनालाई २–० ले अग्रता दिलाएका छन् । त्यसपछि थप कुनै गोल नहुँदा मध्यान्तरसम्म अर्जेन्टिनाले २–० ले अग्रता लिएको हो । 

सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसिया र फ्रान्सले मोरक्कोलाई हराएको थियो । क्रोएसियाले मोरक्कोलाई हराएर तेस्रो स्थान ओगटेको छ । 

यो खेलपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ